मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘रेनो डबल उत्सब’ अभियान सुरु

मङ्गलबार, १३ भदौ २०७४, १७ : ४१
मङ्गलबार, १३ भदौ २०७४

काठमाडौं–नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबिल प्रालि (विशाल समूहको सहायक) ले विशेष उत्सव अफर ‘रेनो डबल उत्सव’ सार्बजनिक गरेको छ । 
अनेकौ आकर्षक तथा रुचीकर अफर यो २०७४ सालको दशैं तिहारलाई विशेषरुपमा मनाउन सार्वजनिक गरेको जनाइएको छ ।

रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने मुख्य नारा सहित आएको छ ।  जसले रेनो ग्राहकलाई डबल फाईदा दिने जनाइएको छ । यसमा स्योर शट नगद पुरस्कार र १ वर्षको निशुल्क इन्धन उपलब्ध गराउँने जनाइएको छ । 

यो अफर रेनो कार यो अवधिमा खरिद गर्नेका लागि मात्र रहेको जनाइएको छ । यो उत्सवमय अफरको एउटा भागको रुपमा, रेनो कार खरिद गर्दा ग्राहकहरुले सिधै ३ लाख सम्मको स्योर शट नगद छुट प्राप्त गर्न सक्ने जनाइएको छ । ग्राहकहरुले यसका साथै स्क्र्याच कुपन मार्फत ३ लाख सम्म जित्न सक्नेछन् । 

यस अतिरिक्त यो अभियानले रेनो कार खरिद गर्दा १ वर्षसम्मको निशुल्क इन्धन उपलब्ध गराउने जनाइएको छ । १ वर्षको सडक कर निशुल्क, स्पट फाइनान्सिंगको सुविधा, तत्काल मूल्यांकन, ५ वर्षको वारेण्टी र एक्सचेन्ज सुविधा पनि रहेको छ । यो अफर रेनोको लजी, डस्टर र क्विडको ३ वटै मोडलका कारहरुको खरिदमा उपलब्ध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप