मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नयाँ हुण्डाई एसेन्ट नेपाली बजारमा

मङ्गलबार, १३ भदौ २०७४, १८ : २४
मङ्गलबार, १३ भदौ २०७४

काठमाडौं – नेपालका लागि हुण्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. ले भृकुटिमण्डम स्थित नाडा अटो शोवाट एक कार्यक्रमका बीच नयाँ हुण्डाई एसेन्ट सेडान कार सार्वजानिक गरेको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री विर वहादु्र बलायरद्वारा नयाँ हुण्डाइ एसेन्ट सेडन कार सार्वजनिक गरिएको थियो । 
अहिलेको वजारको परिर्वतित चाहाना र ग्राहकको बढ्दो आकांक्षालाई प्राथामिकतामा राखेर  हुण्डाइ मोटरस्ले निरन्तरता दिइरहेको कम्पनीले जनाएको कछ ।

 लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. का सहायक महाप्रवन्धक (सेल्स एण्ड मार्केटिङ) रुपेश शर्मा भट्टले भने, ‘अहिलेको नेपाली वजारमा सेडन कार लोकप्रिय वन्दै गइरहेको छ’, नेपाली अटोमोवाइल वजारमा हुण्डाई एक्सेन्ट जस्तो  स्टाइलिस आरामदायी सेडन कार सार्वजानिक गर्नु हुण्डाईको लागि लाभदायक उनले बताए । विश्वभरको ग्राहकहरुको मन जित्न सफल कार एक उदाहरणिय उत्पादन बन्न सफल भएको जनाएको छ । उक्त कारले अहिलेको समयमा ग्राहकहरुको प्रशंसा पाउनुका साथै लोकप्रिय हुने विस्वास कम्पनीले लिएको छ । 


नयाँ कार गुण्स्तरीय, आरामदायी, शैली र प्रीमियम लुकले भरिपुर्ण छ ।त्यस्तै, यसको बाहिरी बनाबटमा प्रोगेसिभ डिजाइन रहेको कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप