मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनपछि दक्षिण कोरियामा कोरोनाभाइरसबाट संक्रमित नयाँ बिरामीभन्दा निको हुनेको संख्या बढी

शुक्रबार, ३० फागुन २०७६, १५ : १७
शुक्रबार, ३० फागुन २०७६

सियोल । चीनपछि कोरोनाभाइरसको संक्रमणबाट धेरै सताइएको देशमध्ये एक दक्षिण कोरियामा सुधारको संकेत देखा परेको छ ।

शुक्रबार दक्षिण कोरियाले पहिलोपटक नयाँ संक्रमितभन्दा निको भएर फर्कनेको संख्या बढी भएको तथ्याङ्क जारी गरेको छ । कोरियाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) ले शुक्रबार ११० नयाँ संक्रमित फेला परेको जनाएको छ । अघिल्लो दिन यो सङ्ख्या ११४ थियो । पछिल्लो तीन हप्तामा एक दिनमा फेला परेका नयाँ संक्रमितको सङ्ख्या पनि सबैभन्दा कम हो । यसको तुलनामा १७७ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

देशमा संक्रमितको कूल संख्या ७ हजार ९७९ पुगेको छ । मृत्यु हुनेको संख्यामा तीन जना थपिदै ७० पुगेको छ ।

योसँगै एसियाको चौथो ठूलो अर्थतन्त्र भएको मुलुकमा विस्तारै कारोनाभाइरसको संक्रमण नियन्त्रणमा आउने आशा व्यक्त गरिएको छ । आफै क्वारेन्टाइनमा बसेका व्यक्तिहरु डिस्चार्ज हुन थालेपछि यो ट्रेन्ड जारी रहने केसीडीसीका प्रमुख जियोङ इउन केयोङले बताए ।

दक्षिण कोरियामा गत जनवरी २० मा पहिलो कोरानासंक्रमित फेला परेका थिए । विश्वभर कोरोनाभाइरसबाट १ लाख ३५ हजारभन्दा बढी संक्रमित भइसकेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप