मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रुवान्डा पुगेका भारतीयमा कोरोनाभाइरसको संक्रमण

पहिलो संक्रमित भेटिने बित्तिकै विद्यालय र प्राथनागृह बन्द
आइतबार, ०२ चैत २०७६, १३ : १९
आइतबार, ०२ चैत २०७६

एजेन्सी । कोरोनाभाइरसको संक्रमणको जोखिम कम गर्नका लागि रुवान्डाले विद्यालय र प्राथनागृह बन्द गर्ने निर्णय गरेको छ ।

रुवान्डाको स्वास्थ्य मन्त्रालयले शनिबारबाट प्राथनागृहहरु बन्द गरेको छ भने आइतबारबाट विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । यो दुई हप्तासम्मका लागि लागु हुने बताइएको छ ।

त्यस्तै, कर्मचारीहरुलाई घरबाट र जहाँ सम्भव छ त्यहाँबाट नै काम गर्न आग्रह गरिएको छ । यसको साथै विवाह, खेलकुदजस्ता कार्यक्रमहरुलाई सार्न पनि भनिएको छ ।

व्यवसाय र रेस्टुरेन्टहरुलाई सञ्चालन गर्न अनुमति दिए पनि ग्राहकहरुलाई कम्तिमा एक मिटर टाढा राख्न भनिएको छ ।

गत मार्चा ८ मा मुम्बाईबाट रुवान्डा पुगेका एक भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी रुवान्डा पुगेपछि कोभिड–१९ को लक्षणहरु देखिएको थियो । उनी मार्च १३ मा अस्पताल पुगेपछि परीक्षण गर्दा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको थियो । उनको अवस्था स्थिर रहेको र उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप