आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य एकैदिन २ हजारले घट्यो, चाँदीको मूल्यमा पनि भारी गिरावट

मङ्गलबार, ०४ चैत २०७६, ११ : ३३
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । नेपाली बजारमा मंगलबार एकैदिन सुन तोलामा २ हजार रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । 

सोमबार तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको छ । यसअघि सोमबार चाँदी तोलामा ७९० रुपैयाँमा कारोबार भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप