आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ हजारले बढ्यो, तोलामा कति पुग्यो ?

बुधबार, ०५ चैत २०७६, १२ : २६
बुधबार, ०५ चैत २०७६

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । 

मंगलबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि यही मूल्यमा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप