मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नयाँ अध्ययनले भन्छः लक्षण नदेखिएकाले चीनमा तीब्र रुपमा कोरोनाभाइरस फैलाए

बुधबार, ०५ चैत २०७६, १२ : ५०
बुधबार, ०५ चैत २०७६

- एउटा नयाँ अध्ययनले आँकलन गरेअनुसार, जनवरी २३ मा यात्रामाथि प्रतिबन्ध लगाउनुपूर्व चीनमा कोभिड–१९ को ८६ प्रतिशत संक्रमण पहिचान नै हुन सकेको थिएन ।

- त्यसरी संक्रमण पहिचान हुन नसकेका मानिसहरु नै चीनमा कोभिड– १९ को संक्रमण फैलाउनेमध्ये ७९ प्रतिशत स्रोत बनेका थिए ।

- त्यसरी संक्रमण पहिचान नभएका व्यक्तिहरुले चीनमा संक्रमण नफैलाएको भए यो संक्रमणको फैलावट  कोरोनाभाइरसको उद्गम थलो मानिएको ऊहानमा ६६ प्रतिशत र समग्र चीनभरिमा ७९ प्रतिशत कम हुने थियो भनी उक्त अध्ययन रिपोर्टले भनेको छ ।

चीनमा जनवरी २३ मा यात्रामा प्रतिबन्ध लगाउनुअघि ८६ प्रतिशत संक्रमण पहिाचन नै हुन नसकी भित्रभित्रै फैलिइरहेको कुरा गत सोमबार science.sciencemag.org मा प्रकाशित एक अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

त्यसबेलामा रेकर्डनै नगरिएका संक्रमणका थुप्रै केसहरु थिए, र कोभिड–१९ को संक्रमण पहिचान नगरिएका तिनै मानिसहरुले नै धेरै जसो कोरोनाभाइरस फैलाए, जुन कुरा चीनभरि नै यो सक्रमण फैलिन मुख्य कारण रह्यो, रिपोर्टमा भनिएको छ ।

भाइरस फैलावटको गणितीय मोडेलको प्रयोग गर्दै अनुसन्धानकर्ताहरुले कोभिड १९ भाइरसको संक्रमणका थाहा पाइएका मानिसहरुको गणना गरेका थिए र त्यस आधारमा दर्ज नगरिएका केसहरुको आँकलन गरेका थिए ।

अनुसन्धानकर्ताहरुले के थाहा पाए भने आधिकारक रुपमा थाहा नपाइएका ९गलमयअगmभलतभम० कोरोनोभाइरस संक्रमितले थाहा पाइएका संक्रमितले जस्तै आधाजसो संक्रमण फैलाए । तर थाहा नपाइएका संक्रमितहरुको संख्या नै बढी थियो । जसको परिणामस्वरुप, जनवरी २३ भन्दा पहिले चीनमा संक्रमित भनी पत्ता नलागिसकेकाहरुले १० जनामा ८ जनालाई संक्रमण सारेका थिए ।

इम्पेरियाल कलेज लण्डनका एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सियस डिजिट एनालाइसिस र न्यूयोर्क, क्यालिफोर्निया, वेइजिंग र हंगकंगका विश्वविद्यालयहरुका अनुसन्धानकर्ताहरु समेत सहभागी थिए । उनीहरुले के पनि पत्ता लगाए भने संक्रमण पहिचान नभएका मानिसहरुमा मध्यम खालका लक्षण देखापरेका वा लक्षण नै देखा नपरेका पनि थिए ।

परिणामस्वरुप, ती विरामीहरुले जनसंख्याको ठूलो हिस्सालाई यो भाइरस संक्रमण सार्ने सम्भावना बढयो, जुन अन्यथा हुने थिएन,’ अनुसन्धानकर्ताहरुले रिपोर्टमा लेखको छन् । उनीहरुले के निष्कर्ष पनि निकालेका छन् भने, ती संक्रमण पहिचान नभएका मानिसहरुले भाइरसको संक्रमण नफैलाएको भए अहिले ऊहानमा ६६ प्रतिशत र पूरै चीनमा ७९ प्रतिशत संक्रमण कम देखिने थियो ।

कसले कोभिड–१९ को परीक्षण गर्ने र नगर्ने भन्नेबारेमा संसारका थुप्रै देशहरुमा अन्यौल छ । थुप्रैलाई आफ्ना जनतालाई यो परीक्षण उपलब्ध गराउन, परीक्षणका लागि रसायनहरु पाउन कठिनाई छ भने अन्य थुप्रै अवरोधहरु छन् ।

अमेरिकामा मात्रै पनि परीक्षण गराउनका लागि थुप्रै जनाले पाएका छैनन् । र, गत जनवरीको अन्त्यताका त्यहाँ बाँडिएका परीक्षणले पनि काम नै गरेन । अहिले संघीय सरकारले राष्ट्रव्यापी रुपमा कोभिड–१९ को परीक्षण उपलब्ध गराएको छ मानिसहरुलाई परीक्षण गर्न समय लागिरहेको छ ।

क्यानडाले अहिले लक्षण नदेखिएकाहरुलाई परीक्षण नगर्ने राष्ट्रिय नीति नै छ । प्रधानमन्त्री जस्टिन टु«डेउका पत्नी सोफियामा कोभिड– १९ को संक्रमण देखिएको छ तर प्रधानमन्त्री आफैंले चाहिँ परीक्षण गराएका छैनन्, उनी सेल्फ १४ दिनको सेल्फ क्वारेन्टाइनमा बसे ।

उता बेलायतका चर्चित अभिनेता इड्रिस एल्वालाई कोभिड–१९ को कुनै लक्षण नै थिएन । तर उनले आफ्नो परीक्षण गराए । त्यसबेला उनमा पनि कोभिड–१९ को लक्षण देखियो ।

कोभिड–१९ को संक्रमण लक्षण नदेखिइकनै सर्न सक्ने भएकोले ट्रम्प प्रशासनले अमेरिकी जनतालाई सकेसम्म घरमै बस्न, १० जनाभन्दा बढीको समूहमा नबस्न र बार तथा रेस्टुराँ जस्ता स्थानहरुमा नजान आव्हान नै गरिसकेको छ ।

गत सोमबारको प्रेस ब्रिफिङमा ह्वाइट हाउसका कोरोनाभाइरस रेस्पोन्स कोअर्डिनेटर डा. डेबोराह लेह विरक्सले सबै अमेरिकीहरु, अझ विशेष गरेर युवाहरुलाई, कोभिड–१९ को संक्रमण फैलिन नदिनको लागि आफैंले सामाजिक दूरी राख्न प्रोत्साहित गरेका छन् ।

‘हामीले यति कडा र प्रष्ट कदमहरु चाल्नुको कारण के हो भने यो भाइरस लक्षण नै देखानपरिकनै फैलिइरहेको छ,’ उनले भनेकी छिन्, ‘एउटा ठूलो समूह, जसको यकिन प्रतिशत अझै हामीलाई थाहा छैन, ले वास्तवमै लक्षण नै नदेखिइकन वा सामान्य लक्षण देखिएको अवस्थामा पनि यो भाइरसलाई सार्ने काम जारी राखेको छ ।’

स्रोत : बिजनेस इन्साइडर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप