मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस माहामारीः विश्व अर्थतन्त्र गम्भिर मन्दीको बाटोमा, एशिया प्रशान्त क्षेत्रको आर्थिक बृद्धिदर माइनसमा जाने

बुधबार, ०५ चैत २०७६, १४ : ३०
बुधबार, ०५ चैत २०७६

जीडीपी ग्रोथ रेटिङ एजेन्सी एस एण्ड पी ग्लोबल रेटिङले सन् २०२० मा एशिया प्रशान्त क्षेत्रमा आर्थिक बृद्धिको रफ्तार घटेर ३ प्रतिशत भन्दा तल आउने प्रक्षेपण गरेको छ । 

एस एण्ड पी ग्लोबल रेटिङले एशियाका तीन ठूला अर्थतन्त्रको आर्थिक बृद्धिको अनुमान घट्ने प्रक्षेपण सहितको रिपोर्ट प्रकाशित गरेको छ । सन् २०२० मा भारतको आर्थिक बृद्धिदर ५.२ प्रतिशतमा झर्ने एस एण्ड पीले बताएको छ । 

कोरोनाभाइरस महामारीको कारण विश्वको अर्थव्यवस्था यतिवेला मन्दीको बाटोमा प्रवेश गरीसकेको छ । 

रेटिङ एजेन्सीले यो भन्दा पहिले सन् २०२०मा ५.७ प्रतिशतका दरले भारतको जीडीपी ग्रोथ अनुमान गरेको थियो । त्यो भन्दा पहिलो अर्को प्रमुख रेटिङ एजेन्सी मूडिजले पनि भारतको आर्थिक बृद्धिदरको अनुमान ५.४ प्रतिशतबाट घटेर ५.३ प्रतिशत हुने भनेको थियो । 

यता एस एण्ड पीले एक बयान जारी गर्दै सन् २०२० मा एशिया प्रशान्त क्षेत्रमा आर्थिक बृद्धिदरको रफ्तार घट्ने र त्यो बृद्धिदर ३ प्रतिशत भन्दा तल झर्ने बताएको छ ।

एस एण्ड पीले आफ्नो रिपोर्टमा ‘अन्तर्राष्ट्रिय अर्थव्यवस्था मन्दीको बाटोमा प्रवेश’ भनेको छ । एस एण्ड पी ग्लोबल रेटिङका एशिया प्यासिफिक प्रमुख अर्थशास्त्री शुन रोचेले भनेका छन्, ‘चीनको अर्थतन्त्रले पहिलो त्रैमासमा ठूलो क्षती भोगेको छ । अमेरिका र यूरोप भरी महामारीका कारण अर्थव्यवस्था ठप्प भएको कारण एशिया प्रशान्त क्षेत्रमा तीव्र मन्दीको आशंका पैदा भएको छ ।’ 

एस एण्ड पीले भनेको छ, ‘सन् २०२० मा चीन, भारत र जापानको लागि अनुमानित आर्थिक बृद्धिदर क्रमशः ४.८ प्रतिशत, ५.७ प्रतिशत र –०.४ प्रतिशतबाट घटाएर २.९ प्रतिशत, ५.२ प्रतिशत र –१.२ प्रतिशत अनुमान गरिएको छ ।’

मुडिजले पनि कोरोनाभाइरसको असरका कारण आर्थिक बृद्धिदरको रफ्तारबारे आफ्नो अनुमान घटाएको थियो । 

कोरोनाभाइरसका कारण नेपालको अर्थतन्त्रमा पनि गम्भिर असर पर्ने अनुमान यसअघिनै गरिएको थियो । 

एस एण्ड पी ग्लोबल रेटिङ अमेरिकी वित्तीय सेवा कम्पनी हो । यसले स्टक, बन्ड र बस्तुहरुमा वित्तीय अनुसन्धान र विश्लेषण गरी प्रकाशित गर्ने गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप