मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जर्मनीमा कोरोना संक्रमण १ करोड पुग्ने चेतावनी

बिहीबार, ०६ चैत २०७६, ०० : ३९
बिहीबार, ०६ चैत २०७६

आगामी महिनाहरुमा जर्मनीमा कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या १ करोड पुग्ने डरलाग्दो चेतावनी त्यहाँका अधिकारीहरुले दिएका छन् ।

‘जर्मनीका जनताले कोरोनाभाइरस नियन्त्रणका लागि तय गरिएका उपायहरुको कठोर पालना गरेनन् भने आगामी महिनाहरुमा संक्रमित हुनेहरुको संख्या त्यति पुग्ने’ उनीहरुले चेतावनी दिएका हुन् ।

‘हामीकहाँ यो महामारी गणितीय हिसाबले बृद्धि भइरहेको छ,’ बर्लिनस्थित रोबर्ट कोच इन्स्टिच्यूटका अध्यक्ष लोथर वेइलेर भन्छन् ।

उनले ८ करोड जर्मन जनताहरुलाई अरुसँगको भेटघाटलाई सीमित गर्न पनि अनुरोध गरेका छन् ।

स्रोतः अलजजिरा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप