सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते

बिहीबार, ०६ चैत २०७६, १२ : ०५
बिहीबार, ०६ चैत २०७६

पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका–१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर्दघाट–४ का ५३ वर्षीय रत्नबहादुर कामीको मृत्यु भएको हो । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१च ९६२२ नंको कार र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु३५प ३१२७ नंको मोटरसाइकल गए राति ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कामीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
पूर्वपश्चिम राजमार्गअन्तर्गतकै सरावल–१ तुल्सीनगरमा पनि गए राति रोकिराखेकोे ना२ख ७४८३ नंको ट्रकमा लु१४प २२३४ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सरावल–१ का ४१ वर्षीय ईश्वरबहादुर कार्कीको मृत्यु भएको छ ।
 
यस्तै जिल्लाको बर्दघाट नगरपालिका–२ चिसापानीमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा पन्ध्र यात्रु घाइते भएका छन् । 

काठमाठौँबाट धनगढीतर्फ जाँदै गरेको बा४ख ८४८७ नंको बस अनियन्त्रित भई पल्टिएको हो । घाइतेहरुको बुटवलमा उपचार भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप