आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य एकैदिन १५०० रुपैयाँले घट्यो

बिहीबार, ०६ चैत २०७६, १२ : १०
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७५ हजार रुपैयाँमा

कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा  कारोबार भएको छ  ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । 

बुधबार तोलामा ७१० रुपैया प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार घटेर ६८० रुपैयाँमा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप