मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रुसमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

बिहीबार, ०६ चैत २०७६, १५ : २७
बिहीबार, ०६ चैत २०७६

मस्को । रुसमा कोरोनाभाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ ।

रुसी अधिकारीहरुका अनुसार ७९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । उनी निमोनिया लगायतका अन्य स्वास्थ्य समस्याबाट समेत ग्रसित थिइन् ।

पाँच दिन अघि उनी अस्पतालमा भर्ना भएको बताइएको छ । रुसको राष्ट्रिय कोरोनाभाइरस रेस्पोन्स सेन्टरले जनाएअनुसार सुरुमा ती महिला एउटा निजी क्लिनिकमा पुगेकी थिइन् । त्यहाँबाट विशेष सुविधा भएको अस्पतालमा उनको कोरोना संक्रमण परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएपछि उनी चिकित्सककै निगरानीमा थिइन् ।

रुसमा हाल कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रुसले विदेशी नागरिकको आगमनमा रोक लगाएको छ भने सार्वजनिक स्थलमा भेला तथा समारोह गर्न पनि प्रतिबन्ध लगाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप