मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अभिभावकको आग्रहमा परीक्षा सार्‍यौं, होटल व्यवसायीको आर्थिक समस्या समाधान गर्न गृहकाय गर्दैछौं : मन्त्री खतिवडा

बिहीबार, ०६ चैत २०७६, १७ : ३०
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री यूवराज खतिवडाले आपूर्ति व्यवस्थापन, तथा व्यवसायीलाई परेको अप्ठेरो हेरेर अर्थमन्त्रालयले काम गर्ने बताएका छन् ।  

बिहीबार सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले सरकारले कोरोना भाइरस रोकथामका लागि १ महिनादेखि पूर्वतयारी गरेको बताए । सरकारले सुरुमा हवाईमार्ग व्यवस्थापन गर्दै हालसम्म १ सय ४१ सिमा स्थलमार्गमा सवाधानी अपनाइएको जानकारी गराए ।  

यसका साथै आइसियु बेड, स्वास्थ्यकर्मीलाई चाहिने उपकरण, औषधी, क्वारेन्टाइन, आइसोलेशन वार्डको व्यवस्था गरिएको उल्लेख गरे । 

कोरोना रोकथामका लागि निजी स्वास्थ्य संस्था, सुरक्षाकर्मीलाई आग्रह गरेको पनि उनले जानकारी दिए । 

छिमेकी देशले उपकरण तथा प्राविधिक सहयोग गर्ने बताएको उल्लेख गर्दै बजार व्यवस्थापन गर्न कालोबजारी गर्नेलाई समातिरहेको बताए । 

कोरोनाबाट सबैभन्दा छिटो पर्यटन ब्यवसाय, हवाई क्षेत्र, होटल, ह्यान्डीक्राफ्ट व्यवसाय प्रभावित भएको बताउदै छिट्टै पर्यटन व्यवसाय आफ्नै लयमा फर्कने विश्वास ब्यक्त गरे । फ्रेबूअरी र मार्चमा भएको पर्यटनको क्षतिलाई अफसिजनमा छिमेकी देशबाट पर्यटक ल्याएर पूर्ति गरिने बताए । 

होटल व्यवसायीलाई ऋण तथा अन्य वित्तिय समस्या समाधान गर्न सरकारले गृहकार्य गरिरहेको मन्त्री खतिवडाको भनाइ छ । 

नागरिक सुरक्षाका लागि वैदेशिक रोजगारी तत्काल रोकिएको बताउदै विदेशबाट नेपाल फर्किनेलाई पनि रोकिएको जानकारी दिए । 

विदेश जान रोकिएकालाइै प्रधानमन्त्री रोजगारी कार्यक्रममा सुचिकृत हुन उनले आग्रह गरे । 

रेमिट्यान्स कम भएपनि अहिले स्थितिमा समस्या नपर्ने उनले बताए । नेपालको कुल ग्राहस्त उत्पादनमा पर्यटनको ३ प्रतिशत रहेको र त्यही अनुसार सम्बन्धित क्षेत्रमा आर्थिक व्यवस्थापनको नीति लिइने मन्त्री खतिवडाले बताए । 

रसुवागढी नाकामा १४ दिनभन्दा बढी समय होल्डमा बसेका कन्टेनर छुटाउनेबारे छलफल गरिरहेको बताए । 

आर्थिक क्षेत्रमा प्रतिकूल अवस्था परिनसकेको उनको भनाई छ । केही विकासका आयोजनामा चिनियाँ कामदार स्वदेशमा रोकिएका कारण केही समयपछि फर्कने र आयोजनाको काम अघि बढ्ने उनको विश्वास छ । 
विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली क्षेत्रमा संक्रमण फैलिने चेतावनी दिएको र अभिभावकहरुले पनि परीक्षा सार्न गरेको आग्रह पछि पठनपाठन र परीक्षा सारिएको मन्त्री खतिवडाले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप