मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण भारतमा फेरि गयो एकजनाको ज्यान, मृततको संख्या ४ पुग्यो

बिहीबार, ०६ चैत २०७६, २१ : ३७
बिहीबार, ०६ चैत २०७६

भारतमा कोराना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनीको भ्रमण गरेर भारत आएको पाइएको छ ।

भारतमा कोरोना भाइरसका कारण बिहीबार बेलुकासम्म १७७ जना सङ्क्रमित भएका छन् । तीमध्ये १४८ जना भारतीय नागरिक रहेका छन् भने २५ जना विदेशी रहेका छन् ।

स्वास्थ्य अधिकारीका अनुसार सङ्क्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप