मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना परीक्षणमा फिलिपिन्सलाई चिनियाँ सहयोग, एक लाख किट निःशुल्क

शनिबार, ०८ चैत २०७६, ११ : ३३
शनिबार, ०८ चैत २०७६

मनिला । कोरोनाभाइरसको संक्रमण पत्ता लगाउनका लागि आवश्यक पर्ने किटको अभाव झेलिरहेको फिलिपिन्सलाई चीनले सहयोग गरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार चीनले फिलिपिन्सलाई कोरोना परीक्षणका लागि आवश्यक एक लाख किट सहयोग गरेको हो । फिलिपिन्सको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार एक लाख किट चीनले सहयोग गरेको हो ।

यस अतिरिक्त १० हजार ‘एन ९५’ फेस मास्क, एक लाख सर्जिकल मास्क र व्यक्तिगत सुरक्षाका लागि आवश्यक सामग्री १० हजार थान पनि चीनले उपलब्ध गराएको हो ।

शनिबार बिहान चिनियाँ सहयोग सामग्री मनिला आइपुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

फिलिपिन्समा २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ३२ जना नयाँ संक्रमित फेला परेको जनाइएको छ । कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप