सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युएईमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

शनिबार, ०८ चैत २०७६, १२ : २१
शनिबार, ०८ चैत २०७६

युएई । विश्वभर महामारीको रुप धारण गरेको कोरोनाभाइरसका कारण युएईमा पहिलो पटक मृत्यु भएको घटना प्रकाशमा आएको छ ।

युएईका अधिकारीहरुले कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । युएईमा यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।

युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना संक्रमणबाट भएको मृत्युको पुष्टि गरेको हो । मन्त्रालयले ट्वीटरमार्फत दिएको जानकारीअनुसार युरोपबाट आएका ७८ वर्षीय साउदी नागरिक र युएई बस्दै आएका ५८ वर्षीय एसियन नागरिकको मृत्यु भएको हो ।

दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । तीमध्ये एक जनामा मुटुको समस्या र अर्कोमा मिर्गौलासम्बन्धी समस्यासमेत पाइएको अधिकारीहरुको भनाइ छ ।

युएईमा कोरोना संक्रमितको संख्या १४० पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप