मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण जनमोर्चाको अभियान स्थगित

आइतबार, ०९ चैत २०७६, ११ : ३२
आइतबार, ०९ चैत २०७६

काठमाडौं । राष्ट्रिय जनमोर्चाले चैत महिनाका लागि तय गरेको संगठनात्मक अभियान स्थगित गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी खतरा र त्यसको नेपालमा परेको असर र त्रासलाई ध्यान दिंदै अभियान स्थगित गर्ने निर्णय गरेको हो । ‘राष्ट्रिय रुपमा चलेको अभियान भने हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौ’,अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन् । 

जनमोर्चाले संगठनात्मक अभियानको कार्यक्रमलाई स्थगित गरेपनि कोरोना भाइरसको सम्भावित खतरामाथि ध्यान दिंदै त्यसबारे जनतामा व्यापक चेतना दिने र त्यसबाट बच्न जनतामा उच्च प्रकारको शतर्कता दिने काममा लाग्नु राष्ट्रिय दायित्व भएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप