मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

४५ मिनेटमै कोरोनाभाइरस पहिचान गर्ने नयाँ विधि पत्ता लाग्यो

आइतबार, ०९ चैत २०७६, ११ : ४७
आइतबार, ०९ चैत २०७६

अमेरिकी औषधि तथा खाद्य प्रशासन (एफडीए) ले ४५ मिनेटभित्रै कोभिड–१९ पहिचान हुने नयाँ विधिलाई स्वीकृत प्रदान गरेको छ । क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ पत्ता लगाउने गरी नयाँ परीक्षण गरेको थियो । 
यस परीक्षणले शनिबारबाट मान्यता पाएको छ । ८ दिनअघिमात्रै स्विस बहुराष्ट्रिय कम्पनी रोचेद्वारा गरिएको  कोरोना परीक्षणले स्वीकृत पाएको थियो । रोचेको परीक्षणअनुसार ३ घण्टाभित्र कोरोना पहिचान हुनसक्छ । 

कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले ती समस्या चिर्ने अपेक्षा गरिएको छ । 

यसअघि अमेरिकाले अन्य देशको तुलनामा निकै ठूलो आफ्ना नागरिकको परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो । अमेरिकाका केही राज्यमा अहिले ‘ड्राइभ थ्रु टेस्ट’ पनि भइरहेको छन्, दक्षिण कोरियाका अधिकारीले पहिलोपटक यो परीक्षण सुरु गरेका थिए । 

यसअन्तर्गत ‘ड्राइभ थु्र’ परीक्षण हबमा चालक तथा यात्रुका ‘स्वाब’ को नमूना लिइन्छ र छिट्टै परीक्षण रिर्पोट पनि सार्वजनिक गरिन्छ । 

सेफिडको टेस्ट आगामी साताबाट अस्पतालहरुमार्फत सुरु हुनेछ । तर एफडिएले आपत्कालिन स्विकृत दिनुको अर्थ सबै ठाउँमा यसको प्रयोग गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप