आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालगञ्जको जमुनाह नाका एक साताका लागि बन्द

आइतबार, ०९ चैत २०७६, १३ : ४४
आइतबार, ०९ चैत २०७६

बुटवल । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका आजबाट एक हप्ताका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले  जनाएको छ । कोरोना भाइरसको रोकथामको प्रयासमा नेपाल र भारत  देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको सहमति भएको आज बसेको गरेको हो ।

भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच जिल्लास्तरीय बैठकपछि यस्तो निर्णय गरीएको बांके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिघराज उपाध्यायले रातोपाटीलाई बताए  । उनले भनेर्, आज दुवै देशका  जिल्ला प्रमुख जिल्ला स्तयरी बैठकले  एक हप्ता सम्मका लागि आवत जावत रोक्ने निर्णय गरेको छ । तर ढुवानी गर्न चाहि पाउने छन् ।’

भारतको  लखनमा कोरोना आशका गरेका व्यतिहरु भेटिएपछि यो नाकालाई  कडा गरिएको हो । यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

भारतसँग जोडिएको खुल्ला सिमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । भारतको लखनउ जमुनिया नाकाबाट यो नाका १ सय ९० किलोमिटरको दुरी पर्ने भएको विशेष सतर्कता अप्नाउन दुवै तर्फका प्रशासकले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप