सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा बिस्फोट, एकको मृत्यु

आइतबार, ०९ चैत २०७६, १४ : १६
आइतबार, ०९ चैत २०७६

धनगढी । कैलालीको गोदावरी नगरपालिका ४ मा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । 

दाउरा लिन जंगल गएको बेला भेटिएको पितलजस्तो बस्तु घरमा ल्याएर आगोमा जलाउँदा विस्फोट भइ ४० वर्षीय नरबहादुर विकका मृत्यु भएको हो ।  

पितल जस्तो देखिने वस्तुलाई घरमा ल्याएर आगोमा हाल्दा विस्फोट भएको या उछिटिएर  विकको शरीरमा लाग्न गई मृत्यु भएको हो भन्ने कुरा एकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

यसबारे सत्यतथ्य बुझ्न इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टको नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप