मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनमा कोरोनाभाइरसको खोप परीक्षण, १०८ जनालाई लगाइयो खोप

आइतबार, ०९ चैत २०७६, १६ : ००
आइतबार, ०९ चैत २०७६

बेइजिङ । कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ ।

क्यानसिनो बायोलोजी कम्पनीले खोप विकास गरेको बताइएको छ । चीन सरकारले अनुमति दिएपछि खोप परीक्षण गरिएको हो । परीक्षणमा सामेल १०८ जना १८ देखि ६० वर्ष उमेर समूहका छन् । उनीहरुलाई तीन समूहमा विभाजित गरेर खोप परीक्षणमा सामेल गरिएको छ ।

ती समूहमध्ये एउटा समूहलाई न्यून डोजको खोप दिइएको छ भने दोस्रो समूहलाई मध्यम डोज र तेस्रो समूहलाई उच्च डोजको खोप दिइएको छ । खोप लगाएका सबैलाई कम्तीमा १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ । यसबीचमा उनीहरुको शरीरमा देखिने सकारात्मक तथा नकारात्मक प्रभावलाई अनुसन्धानकर्ताले निरीक्षण गरी खोपको प्रभावकारिताबारे अध्ययन गर्नेछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप