मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रासले कोलम्बियामा ‘जेलब्रेक’ को प्रयास, २३ को मृत्यु

सोमबार, १० चैत २०७६, ०८ : ११
सोमबार, १० चैत २०७६

कोरोनाभाइरसको त्रासका कारण कोलम्बियाको सबैभन्दा ठूलो कारागारमा जेलब्रेकको प्रयास हुँदा हालसम्म २३ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको त्यहाँको कानुन मन्त्रालयले जनाएको छ ।

कानुनमन्त्री मार्गरिटा काबेलोल एक भिडियो सन्देशमा भनेकी छिन्, ‘आज देशका लागि निक दुःखद र पीडादायी दिन हो । ला मोडेला कारागारमा कैदीहरुले भाग्ने प्रयास गरेका छन् भने विभिन्न अन्य कारागारमा विद्रोहको प्रयास भएका छन् ।’

बोगोटामा रहेको देशकै सबैभन्दा ठूलो ला मोडेलो कारागारामा कैदीहरुले भाग्ने प्रयास गर्दा २३ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको काबेलोले जानकारी दिइन् ।

यसक्रममा ७ जना सुरक्षा कर्मी पनि घाइते भएको र दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

उनले देशभरका १३ वटा जेलमा एकैपटक यस्तो विद्रोहको प्रयास भएको पनि बताइन् ।

‘कोही पनि भाग्न पाएनन्,’ काबेलोले भनिन्, ‘त्यहाँ कसैमा स्वास्थ्यको समस्या थिएन जसले यस्तो स्थिति सृजना गर्यो ।’

काबेलोले अहिलेसम्म कुनै पनि कैदी वा कैदीमा रहेका कसैलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको स्पष्ट पारिन् ।

स्रोत : सीएनएन/बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप