मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनमा लगातार पाँचौ दिन कोरोनाका नयाँ संक्रमित भेटिएनन्

सोमबार, १० चैत २०७६, ०९ : ३४
सोमबार, १० चैत २०७६

बेइजिङ । चीनमा कोरोना संक्रमणको मामलामा पछिल्ला पाँच दिन निकै सुखद् देखिएको छ । पछिल्ला पाँच दिनमा नयाँ संक्रमितमा एक जना पनि स्थानीय नरहेको अधिकारीहरुले जनाएका छन् ।

केही नयाँ संक्रमित रहे पनि उनीहरु स्थानीय संक्रमण नरहेको चिनियाँ अधिकारीहरुको भनाइ छ । विदेशबाट आएकामा मात्र नयाँ संक्रमण देखिएको बताइएको छ ।

कोरोनाभाइरसको संक्रमण पहिलो पटक फैलिएको हुवेइमा पाँच दिन यता नयाँ संक्रमित नपाइएको चिनियाँ अधिकारीहरुले दावी गरेका छन् ।

हुवेइ चीनकै कोरोना प्रभावित मुख्य प्रान्त हो । कोरोना संक्रमणका कारण चीनमा कुल ३ हजार २ सय ७० जनाको मृत्यु भएकोमा हुवेइमा मात्र ३ हजार एक सय ५३ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप