आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कस्तो छ राजधानीमा लकडाउनको अवस्था ? (भिडियो)

मङ्गलबार, ११ चैत २०७६, ०८ : १७
मङ्गलबार, ११ चैत २०७६

कोरोनाभाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले अख्तियार गरेको लक डाउनको नीति सफल भएको पाइएको छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरमा मंगलबार बिहान अत्यावश्यक सेवा सञ्चालनका सवारी साधनबाहेकका सवारी साधन सञ्चालन भएको देखिएन ।

उपत्यकाको मंगलबार बिहानको दृश्य लगभग कफ्र्युको जस्तै देखिएको थियो । लकडाउन भनेको औषधि उपचार,  खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो ।

माइकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न, घर बाहिर ननिस्कन आग्रह गर्दै हिँडेको देखिन्थ्यो । सडकमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ भने सवारी साधनको र परिचयपत्रको चेकजाँचलाई पनि कडाई गरिएको छ । फाट्टफुट्ट सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन् ।

कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि सोमबार सरकारले संक्रामक रोग ऐन २०२० अनुसार एकसाताका लागि मुलुकभर लकडाउनको घोषणा गरेको हो । मंगलबार बिहान ६ बजे देखि १८ गते सम्म अत्यावश्यक बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन निषेध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप