सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनले ‘ग्रेट वाल’ का केही भाग पर्यटकका लागि खुल्ला गर्दै

मङ्गलबार, ११ चैत २०७६, १० : ५४
मङ्गलबार, ११ चैत २०७६

पर्यटकका लागि आकर्षक गन्तव्य चीनको ‘ग्रेट वाल’ का केही भाग मंगलबारबाट पुनः सञ्चालनमा आएको छ । नोभेल कोरोना भाइरसका संक्रमितको खंख्या क्रमशः घट्दै गएपछि चीनले यस्तो निर्णय लिएको हो ।

यद्यपि, ग्रेट वालको बाडालिङ्ग क्षेत्रमात्रै खुल्ला गरिएको चीनको माइक्रोब्लगिङ साइट वेबोमा एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । संग्रहालयलगायतका अन्य क्षेत्र बन्द नै रहने जानकारीमा उल्लेख छ ।

ग्रेट वाल भ्रमण गर्ने पर्यटकले अनलाइनमार्फत् टिकट बुक गर्नुपर्ने र उनीहरु स्वास्थ्य भएको पुष्टि गर्ने क्यूआर कोड प्रस्तुत गर्नुपर्ने छ । यसका साथै उनीहरुले फेस मास्क लगाउनुपर्ने र अन्य व्यक्तिसँग १ मिटरको दुरी कायम गनुपर्ने नियम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप