आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लकडाउन उल्लङ्घन गर्ने ६८ जना पक्राउ

मङ्गलबार, ११ चैत २०७६, १८ : ११
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई 

प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । 

 अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिए । 

साथै लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको संभावित जोखिम बारे सम्झाई बुझाई गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सरकारले मंगलबार बिहान ६ बजेदेखि आगामी चैत १८ गते बिहान ६ बजेसम्मका लागि लक डाउन गरेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप