मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको उपचारका लागि चाहिने स्वास्थ्य उपकरण ल्याउन नीजि क्षेत्रलाई आह्वान

मङ्गलबार, ११ चैत २०७६, १८ : १९
मङ्गलबार, ११ चैत २०७६

काठमाडौ । सरकारले कोरोनासम्बन्धि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण ल्याउन नीजि क्षेत्रलाई आह्वान गर्ने भएको छ । 

कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । 

उनका अनुसार कतिपय स्वास्थ्य सामाग्रीहरुको अभाव भएकाले अन्तर्राष्ट्रिय बजारबाट ल्याउन सक्ने व्यवसायीलाई आह्वान गर्ने निर्णय गरेको हो । ‘कतिपय स्वास्थ्य उपकरण स्थानीय बजारमा नभएकाले अन्तर्राष्ट्रिय बजारबाट जसले ल्याउन सक्छ त्यसका लागि निजी क्षेत्रका व्यवसायीलाई आह्वान गर्ने निर्णय भएको छ’ बैठकपछि मन्त्री खतिवडाले जानकारी दिए । तर त्यसरी उपकरण ल्याउन निश्चित समय तोक्ने सरकारको भनाइ छ ।कोरोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण नभएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएका बेला सरकारले यस्तो निर्णय गरेको हो । 

त्यस्तै बजारमा यस्तै बैठकले सिमानामा अड्किएकाहरुलाई छाड्ने निर्णय पनि गरेको छ । तर उनीहरु क्वारेनटाइनमा अनिवार्य बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ । समितिले कोरोनाको उपचार गर्न तोकिएका अस्पतालहरुमा चाडै यन्त्र उपकरणहरु जडान गर्ने र देशका विभिन्न स्थानबाट कोरोना परिक्षणका लागि टेकुमा ल्याइने नमुना छिटो ल्याउने व्यवस्था मिलाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप