मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हिम इलेक्ट्रोनिक्सको क्यू एलईडी नेपाली बजारमा सार्वजनिक

बुधबार, १४ भदौ २०७४, १९ : ०७
बुधबार, १४ भदौ २०७४

काठमाडौं – हिम इलेक्ट्रोनिक्स प्रा.लि., सामसङको नेपालमा आधिकारिक बितरकले भाद्र ११ गते काठमाडौंको सोल्टी क्राउन प्लाजामा डिलर्स मिट सम्पन्न गरेको छ । 
उक्त कार्यक्रममा कम्पनीले सामसङ क्यू एलईडी टिभी (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक समेत गरेको छ ।
४०० भन्दा बढि डिलरहरु नेपालका विभिन्न क्षेत्रबाट डिलर्स मिटमा सक्रिय रुपमा सहभागी भएका थिए । नेपालका लागि सामसङका देशिय निर्देशक वोन तथा हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले डिलरहरुलाई सम्बोधन गरेको थियो ।
क्यू एलईडीका विशेषताहरु :
क्यु पिक्चरः
सहि समिश्रणको कलरमा परिवर्तन गराउने एक्लुसिभ क्वान्टम डट्सका साथमा आउने हाम्रो क्यू एलईडी टिभी हो, जसले सय प्रतिशत कलर भोलुम प्राप्त गर्ने पहिलो यस्तो प्रकारको टिभी हो ।
सय प्रतिशत कलर भोल्यूम
सामसङ क्यूएलईडी टिभीहरुमा सय प्रतिशत कलर भोल्यूम तथा १० लाखभन्दा बढि रंगहरुको संयोजन संयोजन गरिएको छ । सामसङ क्वान्टम डट्स मार्फत अनुभव गर्नुहोस्  उत्कृष्ट जीवन्त रंगहरु जुन अत्यन्तै उज्यालो दृश्यले अन्य टिभीमा भने फुस्रो पर्दछ ।
बोल्ड कन्ट्रास, दिन वा रात्री
क्यू कन्ट्रास
दिउँसोको समयमा उज्यालो कोठामा टिभी हेर्नु निकै चुनौतीपूर्ण हुने गरेको छ, तर सामसङको क्यूएलईडीले सूपेरियर पिक ब्राइटनेसको माध्यमबाट त्यसलाई कटाएर स्क्रीनको आवश्यक भागमा मात्र चहकिलो बनाउँछ ।
क्यूवेईङ एंगल
हरेक एंगलबाट टिभी हेर्न सकिन्छ । क्यू । एभ्री भ्यू, कलर हरेक कुनाबाट उत्तिकै स्पष्ट हुन्छ, त्यसैले प्रत्येक सिट उत्कृष्ट सिट हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप