जनकपुरमा लकडाउनको अवज्ञा गर्ने ३ सय ६९ सवारी नियन्त्रणमा, ८ जना पक्राउ
मङ्गलबार, ११ चैत २०७६, २१ : ३९
जनकपुरमा लकडाउनको अवज्ञा गरेको भन्दै प्रहरीले ३ सय ६९ विभिन्न सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।
जनकपुरको विभिन्न स्थानबाट बस, ट्रक, पिकअप भ्यान र मोटरसाइकल सहित ३ सय ६९ सवारीसधान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जनाए ।
उनले लकडाउन अवज्ञा गर्ने ८ जना व्यक्तिलाई समेत जनकपुरको विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई दिनभर नियन्त्रणमा लिएर साँझमा छाडिए पनि सवारीसाधन भने लकडाउन पछि मात्र छाडिने प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
‘सवारीसाधनसहित पक्राउ परेकालाई निषाधाज्ञा समाप्तपछि छाड्यौ। र भोलिदेखि फेरि सडकमा कुदाइहाल्ने हुनाले तत्काल सवारीसाधन दिन्नौ । उनले अघि थप्दै भने, ‘भोलिदेखि अवज्ञा गर्ने सवारी साधन र मानिस सहित पक्राउ गर्छौं ।