निषेधाज्ञाको अवज्ञा गर्दै मदिर सेवन गरेर ट्याक्टर चलाउँदा दुर्घटना, चालकको मृत्यु
बुधबार, १२ चैत २०७६, ०७ : ५३
गएराती गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको रेसुङा नगरपालिका वडा नम्बर ४ अर्खले निबासी ६२ बर्षिय शेर बहादुर बुढाथोकीको सोही वडाको मसिनापोखरिमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएको हो ।
प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै लु २ त ८०७२ नम्बरको ट्याक्टर छल्दिबाट तम्घास तर्फ ल्याउदै गरेको अबस्थामा मसिनापोखरी सडक छेउको वैद्युतको पोलमा ठोक्किएर उनको गएराती उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय्ले जनाएको छ ।
चालक रहेका बुढाथोकीले मदिरा सेवन गरेर ट्याक्टर चलाएको प्रहरीले जनाएको छ ।