सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षा

बुधबार, १२ चैत २०७६, ०८ : ३७
बुधबार, १२ चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गदै हाल नेपालमा  पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । 

यसैगरी, हाल देशको मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । 

आज दिउँसो भने देशको मध्य र पूर्वि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि रहनेछ।

भने देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य  हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप