लकडाउनको दोस्रो दिन : आज झनै सुनसान (फोटोफिचर)
बुधबार, १२ चैत २०७६, १३ : ३८
काठमाडौँ । कोरोनभाइरस (कोभिड–१९) को महामारीको सन्त्रासका बीच देश अहिले पूरै लकडाउनमा रहेको छ । मङ्गलबारबाट लागू भएको लकडाउनको आज दोस्रो दिन हो । पहिलो दिन भएकाले सरकारले लकडाउन केही खुकुलो गरेको थियो । जसले गर्दा सडकमा मानिसहरुको बाक्लै भीड देखिएको थियो । तर, बुधबार भने सरकारले थप कडाइको नीति अख्तियार गरेको छ भने सर्वसाधारणले पनि सरकारको आह्वानलाई पालना गर्दै घरमा नै बसेका छन् । त्यही भएर बुधबार राजधानी काठमाडौँका सडकहरु झनै सुनसान देखिएका छन् ।
हेरौँ फोटोपत्रकार सुवास श्रेष्ठ र कृष्णा खड्काले कैद गरेका तस्विरहरुः