मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जब चीनका स्वास्थ्यकर्मीहरु सहयोगका हात फैलाउँदै सर्विया पुगे...

चीनका स्वास्थ्यकर्मीहरुलाई स्वागत गरिएको भावुक दृश्य (भिडियोसहित)
बुधबार, १२ चैत २०७६, १६ : १८
बुधबार, १२ चैत २०७६


कोरोनोका प्रकोपलाई चीनले सफलतापूर्वक सामना गरेको छ । कोरोनालाई परास्त गर्ने आफ्नो अनुभवसहित चीनले यतिखेर भकाभक आफ्ना दक्ष स्वास्थ्यकर्मीहरुको टोली विश्वका विभिन्न भागहरुमा पठाउन थालेको छ । त्यसैक्रममा गत शनिवार चीनले पठाएको स्वास्थ्यकर्मीहरुको एक टोली सर्वियाको राजधानीमा पुग्दा उनीहरुको स्वागत गरिएको एउटा भावुक दृश्य सार्वजनिक भएको छ ।

कोरोनाको प्रकोप भोगिरहेको सर्वियामा चीनका स्वाथ्यकर्मीहरु पुग्दा त्यहाँका राष्ट्रपति अलेक्जेण्डर भुसिक आफैं स्वागत गर्न उपस्थित भएका थिए । त्यहाँ उनीहरुलाई राजकीय शैलीमा स्वागत गरिएको थियो ।

राष्ट्रपतिले प्रत्येक स्वास्थ्यकर्मीहरुको कुहिनामा कुहिना ठोक्याएर स्वागत गरेका थिए  । त्यसपछि उनले चिनियाँ झण्डालाई पनि म्वाइँ खाएर सहयोगको लागि चीनप्रति कृतज्ञता जाहेर गरेका थिए ।

सर्वियामा सहयोगका लागि पुगेका चीनका स्वास्थ्यकर्मीहरुको टोलीमा ६ जना सदस्यहरु छन् । उनीहरुले आफूसँगै १० टनभन्दा बढी स्वास्थ्य सामग्रीहरु पनि लगेका छन् । उनीहरुले लगेका स्वास्थ्य सामग्रीहरुम स्वास फेर्न सहयोग गर्ने यन्त्र, मास्कहरु र कोरोनाको उपचारमा स्वास्थ्यकर्मीहरुले लगाउनै पर्ने रक्षात्मक लुगाहरु पनि रहेका छन् ।

स्मरण रहोस्, सर्वियामा कोरोनाको महामारी फैलिएर यतिखेर ३०३ जनालाई संक्रमित तुल्याएको छ । तीमध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १५ जना मात्रै निको भएका छन् । अझै पनि २८४ जना उपचाररत नै छन् । उपचाररतमध्ये पनि २१ जनाको अवस्था गम्भीर छ ।

हेर्नुहोस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप