मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनबाट तीन दिनभित्र स्वास्थ्य उपकरण ल्याउने सरकारको तयारी

बुधबार, १२ चैत २०७६, १६ : ४६
बुधबार, १२ चैत २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । 

सरकारले कोरोना विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने तयारी गरेको हो । त्यसरी ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । यसअघि स्वास्थ्यकर्मी तथा संस्थाहरुले स्वास्थ्य उपकरण अभावमा विरामीको उपचार गर्न नसकिएको जनाउँदै आएका थिए । 

सो उपकरण सम्बन्धित ठाउँमा पठाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिनेगरी समिति गठन गरिएको छ । 

त्यस्तै मन्त्री ढकालले पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्जबाट दैनिक रुपमा कोरोना आशंकितहरुको नमुना संकलन गर्ने व्यवस्था गरेको जनाएका छन् ।

 त्यसका लागि हवाइजहाजको व्यवस्था मिलाएको सरकारले जनाएको छ । त्यस्तै सरकारले आजबाट धरानको विपी कोइराला अस्पतालमा कोरोना परीक्षणका लागि ल्याव सञ्चालनमा ल्याएको र त्यस्तो ल्याव सातै प्रदेशमा विस्तार गर्ने तयारी गरेको समेत जनाए । 

कोरोनाबारे सवै प्रवक्ता बन्ने प्रवृतिको अन्त्य गर्न भगवान कोइराला, लोचन कार्की, मना राई गणराज लोहनी, बसरुद्धिन अन्सारी र बसन्त चौधरी रहेको कमिटी गठन गरेको मन्त्रालयले जनाएको छ ।

 डेलिकेटेड अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको बलम्बुको सशस्त्र अस्पतालको अनुगमन गरी तत्काल सुचारु गर्ने प्रयत्न गरेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप