मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘लकडाउन’को बेला देश बनाउने विषयमा चिन्तन मनन गर्न राष्ट्रपतिको आह्वान (सन्देशसहित)

बुधबार, १२ चैत २०७६, १७ : १६
बुधबार, १२ चैत २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लकडाउन’को बेला देश बनाउने विषयमा चिन्तन मनन गर्न आह्वान गरेकी छिन् । 

बुधबार कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न विश्वप्यापी महामारी रोकथामको सन्दर्शमा राष्ट्रपतिद्वारा जारी सन्देशमा लकडाउनको अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमुलक बनाउन सकिने कुरामा ध्यानाकर्षण गराएकी छिन् । 

यस समयलाई सबैले मुलुकको अर्थतन्त्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्ततन मनन गर्ने काममा सदुपयोग गर्न सक्छन् भन्ने आफूलाई लागेको राष्ट्रपतिको भनाइ छ ।

उनले वर्तमान संवेदनशील अवस्थालाई मध्यनगर गर्दै सरकारले जारी गरेका निर्देशनलाई पालना गर्न पनि अनुरोध गरेकी छिन् । 

उनले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आह्वान गर्दै घातक कोरोना भाइरसको विरुद्धको अभियानमा क्रियाशील हुन समेत आह्वान गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप