भारतमा बुधबार ८७ जना नयाँ कोरोना संक्रमित फेला, हालसम्म १२ जनाको मृत्यु
बुधबार, १२ चैत २०७६, २२ : १६
छिमेकी देश भारतमा बुधबार एकैदिन ८७ जना कोरोना संक्रमित फेला परेका छन् । योसहित भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६२३ जना पुगेको छ भने तीमध्ये १२ जनाको मृत्यु भएको छ ।
बुधबारमात्रै दुई जना संक्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बुधबार बिहान तमिलनाडुको मदुरेमा ५४ वर्षीय पुरुष र मध्यप्रदेशको उज्जैनका ६५ वर्षीया महिलाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यका साथ गएरातिदेखि २१ दिनका लागि लकडाउनको घोषणा गरिएको छ । हालसम्म भारतका २५ राज्यमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ।