मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

श्रमिकहरूका लागि विशेष प्याकेजको घोषणा गर्न सुशीला कार्कीदेखि रवीन्द्र मिश्रसम्मको माग

बिहीबार, १३ चैत २०७६, १२ : १६
बिहीबार, १३ चैत २०७६

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले हालैका दिनहरूमा देखाएको गम्भिर चासो र लिएका कदमहरू स्वागतयोग्य भएको सरोकारवालाहरुले बताएका छन् । 

तर सरकारवे श्रमिकहरूका लागि विशेष प्याकेजको घोषणा गर्नुपर्ने उनीहरुको माग छ । 

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीसहित शिक्षाविद् केदारभक्त माथेमा, साझा पार्टीका संयोजकरवीन्द्र मिश्र र दुर्गा सुवेदीले संयुक्त वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सम्पूर्ण ध्यान रोगको नियन्त्रण कसरी गर्ने भन्नेमा केन्द्रीत भएको देखिन्छ, जुन जरूरी छ। तर दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस् भनि हामी सरकारसँग जोडदार माग गर्दछौँ।’

नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नु पर्नेहरूको संख्या ‍ठूलो रहेको संक्रमण या बन्दाबन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावहपूर्ण स्थिति सृजना हुन सक्ने उनीहरुको भनाइ छ । 
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तसर्थ, उनीहरूका लागि सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नु पर्छ। त्यस्तो प्याकेजमा निशुल्क रासन, बेतनसहितको विदा, बालबच्चाको स्कूलमा फि मिनाह, निशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारहरूमार्फत कार्यानवयन गर्न सकिन्छ।’

यो संकटको घढीबाट पार पाउन सकारात्मक सोचका साथ एक भएर अघि बढ्न पनि म्पूर्ण राजनीतिक नेतृत्व तथा आम सर्वसाधारणलाई अनुरोध गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप