द.कोरियाकी यी ९६ वर्षीया वृद्धा जसले कोरोना भाइरससँगको युद्ध जितिन्
बिहीबार, १३ चैत २०७६, १४ : ०२
दक्षिण कोरियाकी ९६ वर्षे वृद्धाले नोभेल कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा मुक्त पाएकी छिन् । उनी कोरोना भाइरसको संक्रमण पछि निको हुने सबैभन्दा वृद्ध महिला हुन् ।
बुधबार छियोङ्दो काउन्टीकी ह्वाङ्गलाई पूर्ण स्वस्थ भएको घोषणा गरियो ।
देगुको दक्षिण शहर नजिकै रहेको छियोङ्दो काउन्टी बन्द छ । यहाँ कोरोना भाइरसका धेरै संक्रमित छन् ।
ह्वाङ्गलाई मार्च १३ तारिखमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको देगूको पूर्वमा रहेको पोहाङ्ग पब्लिक क्लिनिकमा आइसियूमा राखेर उपचार गरिएको थियो ।
उनी अहिले छियोङ्दोस्थित आफ्नो घरमा क्वारेन्टिनमा छिन् । त्यहाँ उनी आफ्नो छोरासँगै बस्छिन् ।