बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार तपाइँको आजको भाग्य कस्तो छ ?

बिहीबार, १५ भदौ २०७४, ०५ : २२
बिहीबार, १५ भदौ २०७४

आजको राशिफल

बि.स.२०७४ भाद्र १५ गते । बिहिबार । ईश्वी सन् २०१७ अगष्ट ३१ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । तिथि दशमी अहोरात्र । नक्षत्र मुल ५८ घडी ३१ पला । योग प्रिती ५५ घडि २१ पला । करण तैतिल, बेलुका ५ बजेर ३६ मिनेट उप्रान्त गर । आनन्दादिमा धुम्र योग । चन्द्ररासि धनु 

काठमाडौंमा सूर्योदय ०५ बजेर ४२ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर २४ मिनेट जादा । दिनमान ३१ घडी ४४ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफुले पाएको अधिकारलाई भरपुर प्रयोग गरि उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुँनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउँन समय लगानि गर्नुपर्ने हुँन्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सत्रु तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरिका प्रबेसको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुँने तथा रमाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाईमा मन जाने हुँनाले प्रतिष्पर्धिहरुलाई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुँने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुँने हुँदा सामाजिक पद प्रतिष्ठा पाईने योग रहेकोछ । अध्ययन अध्यापनमा समय दिए अनुशार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझाबलाई मनन गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे धन लाभ हुँनेछ भने माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरिमा सम्मान तथा राजनितिमा लाग्नेहरले बिषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपुण उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तब्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुँनाले साथिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु हुँनेछन् । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च कदर हुँनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपाईको कामदेखि खुसि हुँनेछन् । सभा सभारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने हुँनाले आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । शुन्दर तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको बैदेशिक यात्राको तय गर्न सकिनेछ भने बिदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएरु जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरिरमा थप उर्जा बढ्नेछ ।  माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानि गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउँने समय रहेकोछ भने व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउँन सक्नेछन् । बवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ भने आफन्त तथा सहयोगिहरुले तपाईकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 
ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप