अमेरिका बन्यो कोरोनाको केन्द्रः चीन र इटलीभन्दा बढी संक्रमित
शुक्रबार, १४ चैत २०७६, ०६ : ४९
अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै संसारमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।
वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९३ पुगेको छ ।
यसका साथै अमेरिकामा एकैदिन २ सय ६६ जनाको मृत्यु भएको छ ।