चीनले विदेशीका लागि आफ्नो ढोका बन्द ग-यो
शुक्रबार, १४ चैत २०७६, ०९ : २३
चीनमा कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि उसले चाँडै नै आफ्नो देशमा वैध चिनियाँ भीसा र रेजिडेन्स परमिटमा आउने विदेशीलाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।
विदेश मन्त्रालयले यो अस्थायी प्रतिबन्ध २८ मार्चदेखि लागू हुने जानकारी दिएको छ ।
यसमा ती कूटनीतिज्ञ र विदेशीलाई छुट दिइनेछ जो अन्तर्राष्ट्रिय परिवहन सेवामा कार्यरत छन् र जोसँग ‘सी’ भिसा छ ।
वास्तवमा चीनले यो निर्णय त्यतिबेला लिएको हो जब यहाँ विदेशबाट फर्किएका व्यक्तिका कारण कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।
चीनमा बिहिबार एकजना मात्रै घरेलु संक्रमण देखिएको छ जबकि विदेशबाट आएका ५९ विदेशीमा संक्रमण देखिएको छ । चीनमा विदेशबाट आएका ५९५ व्यक्तिमा यसको संक्रमण पाइएको छ ।