सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

शुक्रबार, १४ चैत २०७६, १२ : ३८
शुक्रबार, १४ चैत २०७६

काठमाडौं : नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका–७ अमरसास्थित सडकमा ना.४३ प २९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बिहीबार राति दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका–७ चोरमारा बस्ने २८ वर्षीय भोज बहादुर महत्तोको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यान, शारदा नगरपालिका–८ काँटी गाउँस्थित सडकमा ना.३ ख ७९७५ नम्बरको बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपालिका–४ बस्ने १९ वर्षीय सुजन नेपालीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका बसका चालक सहित अन्य ३ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप