मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनमा ४५ जना नयाँ कोरोना संक्रमित, १ मात्र स्थानीय संक्रमण

आइतबार, १६ चैत २०७६, १२ : २८
आइतबार, १६ चैत २०७६

चीनमा ४५ जना नयाँ कोरोनाभाइरसबाट संक्रमित फेला परेका छन् । योसँगै देशमा कूल संक्रमितको संख्या ८१ हजार ४३९ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

यद्यपि, नयाँ संक्रमित मध्ये ४४ जना बाहिरबाट आएका हुन् । एक जनामात्र स्थानीय रुपमा संक्रमित बनेका हुन् ।

यसको साथै चीनमा भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार ३ सय जनाले ज्यान गुमाएका छन् ।

८१ हजार ४३९ संक्रमित मध्ये ७५ हजार ४४८ जना बिरामीहरु स्वस्थ बनेर घर फर्किएका छन् ।

शुरुवातमा चीन महामारीको केन्द्रविन्दु रहेकोमा अहिले अमेरिका र इटालीमा चीनभन्दा बढी संक्रमित फेला परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप