युएईमा ८ जना नेपाली कोरोना संक्रमित,२ जना निको भए
मङ्गलबार, १८ चैत २०७६, २१ : ५५
युएईमा आज २ जना नेपाली सहित ५३ जना नयाँ कोरोना भाईरस (कोभिड-१९) संक्रमित भेटिएका छन् ।
यो सँगै युएईमा संक्रमितको संख्या ६६४ पुगेको छ । आज नै थप एक जना ६७ बर्षीय एसियन नागरिकको मृत्यु भएको छ । आजसमेत गरी युएईमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ६ पुगेको छ । यस्तै ६१ निको भएर घर फर्किएका छन् ।
आज भेटिएका २ संक्रमितसहित युएईमा कोरोना संक्रमित हुने नेपालीको संख्या ८ पुगेकाे छ । दुई जना भए निको भइसकेका छन् ।