पाकिस्तानका प्रधानमन्त्रीले पुनः गरे राष्ट्रव्यापी लकडाउनको विरोध
बुधबार, १९ चैत २०७६, १३ : ५६
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले एकपटक पुनः राष्ट्रव्यापी लकडाउनको विरोध गरेका छन् ।
उनले कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मानिसहरुलाई भाइरसविरुद्ध बुद्धिमानीपूर्वक लड्न अपिल गरेका छन् ।
पाकिस्तानमा अहिलेसम्म २ हजार ४२ जना संक्रमित देखिएका छन् भने २६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १२ जनाको स्थिती गम्भीर बताइएको छ ।