सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारमा जाने तयारीसँगै राप्रपा प्रजातान्त्रिकमा ‘एक व्यक्ति एक पद’ को दबाब

बिहीबार, १५ भदौ २०७४, १७ : ३२
बिहीबार, १५ भदौ २०७४

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा जाने तयारी भइरहेका बेला सो पार्टीमा ‘एक व्यक्ति एक पद’को आवाज चर्को रुपमा उठेको छ । चारवटा मन्त्रालय लिनेगरी सरकारमा सहभागि हुन लागेको राप्रपा प्रजातान्त्रिकमा अध्यक्ष पशुपति शम्शेर राणालाई केही नेता तथा सांसदहरुले ‘एक व्यक्ति एक पद’ को नीति लागु गर्न दबाब दिएका हुन् ।  उनीहरुले अध्यक्ष राणालाई बिहीबार भेटेर यस्तो सुझाव दिएको एक नेताले रातोपाटीलाई बताए । ती नेताका अनुसार तत्कालिन कमल थापासँग असन्तुष्ट रहेका समुहका नेताहरुले सरकारमा जाने व्यक्तिहरु समाबेशी बनाउन तथा महिला, मधेसी र मुस्लिमलाई प्राथमिकता दिन दबाब दिएका हुन् । 

यद्यपि सो पार्टीले सरकारमा क–कसलाई पठाउने भनेर औपचारिक निर्णय गरिनसकेपनि सुनिल थापा, दिपक बोहोरा, विक्रम पाण्डे, रामकुमार सुव्वा, रेशम लामा लगायतको नाम चर्चामा आएको छ । उनीहरु सवै पार्टीका पदाधिकारी हुन् । तर नेता विक्रम पाण्डेले सरकारमा जाने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताए । उनले भने, ‘सरकारमा जानेभन्दा पनि पार्टीको सांगठनिक संरचना बढाउन लागि परेका छौ ,सरकारमा जाने विषयमा बाहिर आएजस्तो कुनै तयारी र हतार गरेका छैनौँ ।’ 

सत्तासाझेदार दलका शीर्ष नेताबीच छलफल भएपछिमात्रै मन्त्रालयको टुङगो लगाउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौबाहिर भएकाले टुङगोमा पुग्न ढिलाई भएको बुझिएको छ । अध्यक्ष प्रचण्ड शुक्रबार विहानसम्म काठमाडौँ आएपछि प्रचण्ड, प्रधानमन्त्री र राणासहित छलफल गरेर मन्त्रालय र संख्या तोकिने बताइएको छ । 

उता, १८ सांसद रहेको दावी गरेको राप्रपा प्रजातान्त्रिकबाट राज्यमन्त्रीका लागि बबिना मोक्तान, विराज विष्ट, कमला शर्मा लगायतको नाम पनि चर्चामा आइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष पशुपति शम्शेर राणाबीच चारवटा मन्त्रालय लिनेदिने सहमति भएपनि मन्त्रालयको टुङगो भने लागि नसकेको बताइएको छ । यद्यपि, प्रधानमन्त्री देउवाले आफुसँग राखेका बन, उद्योग, शान्ति मन्त्रालय दिने या अरु कुनै मन्त्रालय परिवर्तन गर्ने भन्नेमा पनि सत्तासाझेदार दलबीच छलफल हुन बाँकी नै रहेको बताइएको छ । 

सत्तासाझेदार दलका शीर्ष नेताबीच छलफल भएपछिमात्रै मन्त्रालयको टुङगो लगाउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौबाहिर भएकाले टुङगोमा पुग्न ढिलाई भएको बुझिएको छ । अध्यक्ष प्रचण्ड शुक्रबार विहानसम्म काठमाडौँ आएपछि प्रचण्ड, प्रधानमन्त्री र राणासहित छलफल गरेर मन्त्रालय र संख्या तोकिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप