कुबेतमा पनि एक नेपालीमा कोरना संक्रमणको पुष्टि
बुधबार, १९ चैत २०७६, १९ : २३
-बिनोद श्रेष्ठ
कुवेत । कुवेतमा पनि एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भएको पुष्टि भएको छ । कुवेतमा पहिलोपटक नेपालीमा संक्रमित पुष्टि भएको हो । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्याँकअनुसार १ जना नेपालीसहित २८ जना नयाँ संक्रमित फेला परेका छन् ।
योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ सय १७ पुगेको छ । तीमध्ये ८० जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।