आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सोनाक्षी सिन्हाले कोरोना रोकथामका लागि आर्थिक सहयोग नगरेको भन्दै ट्रोल हुँदा दिइन् कडा जवाफ

बिहीबार, २० चैत २०७६, १० : १२
बिहीबार, २० चैत २०७६

भारतमा कोरोनाभाइरसको बढ्दो खतराबीच थुप्रै सेलिब्रिटीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बनाइएको कोरोना रोकथाम कोषमा आफ्नो योगदान दिएका छन् । विक्की कौशल, ऋतिक रोशन, अक्षय कुमार, रजनीकान्त, प्रभास, लता मंगेशकर, प्रियंका चोपडासहित थुप्रै सेलिब्रिटीले आर्थिक सहयोग गरे तर अमिताभ बच्चन, शाहरुख खानसमेत केही सेलिब्रिटी छन् जो यो कोषमा सहयोग गर्न अघि सरेका छैनन् । यो सूचीमा सोनाक्षी सिन्हाका नाम समावेश भएको भन्दै उनको निकै आलोचना भइरहेको छ ।

सोनाक्षीले ट्वीटरमा जवाफ दिइन्ः

सोनाक्षीले लेखिन्, ‘ती ट्रोसर्लका लागि केही मिनेटका लागि मौनधारण गर्न चाहन्छु जसले घोषणा गरिएको छैन भने योगदान गरेको छैन भनेर सोच्छन् । अब शान्त हुनुहोस् र आफ्नो समय केही राम्रो काम गर्नका लागि खर्च गर्नुहोस् । भनौं न भनौं, त्यो मेरो मर्जी हो ।’

डिजिटल डेब्यू गर्नेछिन् सोनाक्षीः

कामको कुरा गर्ने हो भने सोनाक्षी चाँडै नै वेब सिरिजमा आफ्नो डेब्यू गर्ने तयारीमा छिन् जुन अमेजन प्राइममा स्ट्रिम हुनेछ । यो क्राइम थ्रिलरको निर्देशन रीमा कागती हुन् जसमा गुलशन देवैया, सोहम शाह र विजय वर्मा देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप