सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
काठमाडौं – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
मकवानपुर, मनहरी गाउँपालिका–९ स्थित सडकमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ना.६३ प ५६९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका–८ बस्ने ३० वर्षिया बिन्दा घिमिरेको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान ३३ वर्षीय लिलामणि घिमिरेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुर, पुनर्वास नगरपालिका–८ स्थित सडकमा से–६ प १९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–९ बिचफाटा बस्ने २६ वर्षीय दिपक सुनारको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।