४० जना धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि पाकिस्तानको यो शहर पूर्ण रुपमा लकडाउन
शुक्रबार, २१ चैत २०७६, १३ : २०
४० जना धर्मगुरुमाथि गरिएको कोरोनाभाइरस परीक्षणको नतिजा पोजेटिभ आएपछि पाकिस्तानको रायविन्ड शहर पूर्ण रुपमा लकडाउन गरिएको छ ।
यी सबै तबलिगी जमातसँग सम्बन्धित छन् । भारत र मलेसियामा पनि तबलिगी जमातसँग जोडिएका थुप्रैमा कोरोनाको संक्रमण देखिएको छ ।
दक्षिण एशियाली क्षेत्रमा श्रीलङ्कामा अचानक कोरोनाभाइरसको संक्रमितमा वृद्धि देखिएको छ । यहाँ एकैदिन २१ संक्रमित भेटिएका छन् र हालसम्म यहाँ १५१ जना कूल संक्रमित छन् ।